७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेयर –उपमेयरबिच मनमुटाव हुँदा फोहोरको ‘सगरमाथा’ बन्दै काठमाडौं

sarusaru
१३ माघ २०७५, आईतवार ०२:३१

काठमाडौं। मुलुकको राजधानी काठमाडौं लापरवाही र इगोका कारण दुर्घन्धितमय बन्दै गएको छ। महानगरपालिका नै इगोको कारण राजधानीको अवस्था झनै नाजुक बन्दै गएको हो।

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीकै एकआपसमा स–साना कुरामा सहमति नहुँदा यस्तो अवस्था आएको हो। एउटाले गरेको काम अर्कोलाई चित्त नबुझ्ने, अर्कोले गरेको काम अर्कोलाई मन नपर्ने हुँदा वातावरणको हालत यस्तो सिर्जित भएको हो।

गत मंसिर १२ गते बुधबारका दिनदेखि करिब १ हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा धुलो पखाल्ने अभियान चलायो। सो अभियान पनि धेरै दिन टिक्न सकेन। चुनावका बेलामा जनतासँग बोलेका बाचाहरु पूरा गर्ने भन्दै सुरु गरेको अभियानले फेल खाएपछि पुरानै अवस्थामा आयो।

लामो समयसम्मको गुरुयोजना नबन्दा र छोटो समयको गुरुयोजना पनि कार्यान्वयन नहुँदा यस्तो समस्या बल्झिँदै आएको हो। चुनावको बेला जनतालाई मतदान गराउनका लागि ‘नो मास्क सिटी’ बनाउने घोषणा गरेका मेयर÷उपमेयरले सम्भव छैन भन्ने थाहा पाउँदा पनि देखावटीका लागि सो अभियान सुरु गरेको हो।

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीकै एकआपसमा स–साना कुरामा सहमति नहुँदा यस्तो अवस्था आएको हो। एउटाले गरेको काम अर्कोलाई चित्त नबुझ्ने, अर्कोले गरेको काम अर्कोलाई मन नपर्ने हुँदा वातावरणको हालत यस्तो सिर्जित

राजधानीमा धेरै धुलो धुँवा भएको भन्दै महानगरको चर्को आलोचना भएपछि महानगरपालिकाले राजधानीका मुख्य सडक पखाल्न सुरु गरेको थियो। पानी पर्दा हिलाम्मे हुने र सुख्खा हुँदा धुलाम्मे हुने अवस्थालाई महानगरले वर्षेनी लाखौं रुपैयाँ विनियोजन गर्ने गरेको छ तर त्यो पैसा अनुसारको काम भने ‘हात्तीको मुखमा परालको त्यान्द्रो’ जस्तै भइरहेको छ।

निर्वाचनमा काठमाडौं महानगरलाई धुलो र धुँवा मुक्त बनाउने प्रतिबद्धता व्यक्ति गरेका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनको भएको करिब डेढ वर्षपछि राजधानीका सडक पखाल्न सुरु गरेका थिए।

उनले त्यो बेला अबदेखि काठमाडौंका मुख्य सडकहरु सधैं पखालिने प्रतिबद्धता जनाएका थिए। मेयर शाक्यको प्रतिबद्धता हप्तादिन पनि टिकेन। एकतिर पखाले पछि अर्कोतिर हिलो हुने अवस्थालाई रोक्न नसकेपछि सडक पखाल्ने अभियान रोकेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन्।

दशैं अगाबै प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी काठमाडौं आएपछि राजधानीका सडक पखाल्ने बताएका थिए। उनले मेलम्चीको पानी आएपछि काठमाडौं विश्वकै उत्कृष्ट सहर मध्येको एक हुने दाबी गरेका थिए। मेलम्ची भने इटालियन कम्पनी सिएमसीले पनि काम गर्न नसकिने भन्दै बाहिरिन खोजेको छ। सरकारले काम गराउनका लागि हार गुहार गर्दै आएको छ।

अन्तिममा काम गर्नका लागि १४ दिन म्याद तोकेको थियो । सो म्याद पनि अब ५ दिन मात्र बाँकी छ। काम भने सुरु गरिएको छैन।
महानगरपालिका जनताको मन जित्नका लागि काम सुरु गरे जस्तो गर्ने तर बिचमै छोड्ने नियतिले विश्वकै दुर्घन्धित सहरको सूचीमा पर्दै आएको छ। जताजतै फोहोरहरुका डंगुर फाल्दै गर्नाले दुर्घन्धित मात्र होइन, सरुवा रोगहरुले पनि संक्रमण गरिरहेका छन्। हिजो आजैपनि स्वाइनफ्लुले सयौं जना रोगीको सूचीमा परिरहेका छन्।

महानगरपालिकाको वेवास्ता र लापरबाहीका कारण नै जताततै फोहोरका डंगुरहरु छन्। फोहोर व्यवस्थापन गर्न सबै सरोकारवालाई निकायले बनाएका योजनाहरु कार्यान्वयन नहुँदा यो समस्या बल्झिदै आएको हो।

दर्जनौं अभियानकर्ताहरुले सरसफाईको लागि अभियान चलाए पनि फोहोरको समस्या ज्यूँका त्यूँ छ। जनतामा मानसिक चेतना बदलिएन भने बिकराल बनेको यो समस्या कहिल्यै समस्याको समाधान नहुने देखिन्छ।
डिसी नेपाल