१५ चैत्र २०८०, बिहीबार
Follow Us

रूसी महाकविपुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार ०६:५०

कृष्णप्रकाश श्रेष्ठ
रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बरका दिन नेपालको राजधानी स्थितरूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यातरूसी महाकविअलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापनागरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपालकालागि रूसका राजदूतआन्द्रेइ बुदनिक, रूसी संस्कृति केन्द्रकानिर्देशक स्तानिस्लाभसिमाकोभ, रूस–नेपाल सहयोग तथा मैत्री समाजकाअध्यक्षमिखाइल नेक्रासोभ, नेपाल–रूस मैत्रीतथा सांस्कृतिक संघका अध्यक्षभगवानरत्नतुलाधर, पुश्किनको आवक्ष कांस्य प्रतिमाकानिर्मातामूर्तिकार ग्रिगोरी पोतोत्स्कीको समेत समुपस्थितिमा प्रतिमा अनावरण समारोह सुसम्पन्नभयो । त्यसै भव्यअवसरमाविश्व नेपाली साहित्यमहासंघका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठद्वारारूसी भाषाबाट सोभै नेपालीमाअनुदितकाव्यसङ्ग्रह ‘रुसाल्का’ को पनिविमोचनभएको छ ।
उक्तकाव्यसङ्ग्रहको सम्पादनमा सहयोग पु¥याउने अनुवादककाभाइ, नेपालबालसाहित्य समाजकाअध्यक्ष तेजप्रकाशश्रेष्ठबाट रूसी महाकविको काव्यसङ्ग्रह ‘रुसाल्का’ को लोकार्पणार्थ छोटो मन्तव्य दिइएपछि नेपालप्रज्ञा–प्रतिष्ठानका कुलपतिगंगाप्रसाद उप्रेतीबाट पुस्तकविमोचनगरिएको थियो । रूसको मैत्री प्रमण्डलका सदस्यहरूका साथै समारोहमाउपस्थितसबै महानुभावहरूमापुश्किनकात्रासदीकाव्यत्रय (‘रुसाल्का’, ‘मोजार्ट र साल्येरी’ एवं ‘जिप्सी’) का साथै २५ वटा कविताहरू समाविष्ट काव्यसङ्ग्रह ‘रुसाल्का’उपहारस्वरूपप्रदानगरिएको थियो ।
यहाँनेर नेपाली पाठकवृन्दलाई रूसीमहाकविको संक्षिप्त परिचयदिनु युक्तिसङ्गतहुनेछ ।
मास्कोको एक कुलीन परिवारमा सन् १७९९ को २६ मई (नयाँ शैलीअनुसार ६ जून) का दिनजन्मेका अलेक्सान्द्र पुश्किनको बचपनउनकीधाइआमाले सुनाएकालोककथा र लोकगीतहरूको संसारमाबितेकोथियो । पछिउनीफ्रान्सेलीविचारक भोल्टेएरका कृतिहरूबाट निकै प्रभावितहुनपुगे । खास गरी नेपोलियनद्वारा रूसमा आक्रमण हुँदासन् १८१२ को देशभक्तिपूर्ण युद्धकालमा रूसी जनताले देखाएको वीरताले उनको बौद्धिक विकासमा ठूलो असर पारेको थियो ।
रूसी महाकविअलेक्सान्द्र पुश्किनमाउन्नाईसौं शताब्दीको समकालीन यूरोपेली साहित्यको छाप पर्नु स्वाभाविकैथियो । आधुनिकरूसी साहित्यिकभाषाकाप्रवर्तक मानिने अलेक्सान्द्र पुश्किनतथा नेपाली साहित्यमाआधुनिक चेतनाका संवाहक रहेका लक्ष्मीप्रसाद देवकोटाको काव्यसिर्जनाकालमा एक शताब्दीभन्दापनि बढी समयको अन्तर रहे तापनियीदुवै महाकविहरूमाप्राच्य र पाश्चात्य सौन्दर्यसास्त्रीयअनुभूतिको बेजोड समन्वयपाइन्छ । विशेषतः रोमाञ्चवादी साहित्यधाराकै प्रतिनिधिभएकाहुनाले रूस तथा नेपालकामहाकविद्वयको काव्य–चिन्तनमा धेरै समानतापाइनु अस्वाभाविक हुँदैन । यसैको परिणामस्वरूप पुश्किनले रूसी काव्यलाई आधुनिकतामा ढालेजस्तै अंग्रेजी साहित्यकोस्वच्छन्दतावादी साहित्यिकधाराबाट प्रभावितहाम्रामहाकविलक्ष्मीप्रसाद देवकोटाले पनि नेपाली साहित्यमायथार्थोन्मुखस्वच्छन्दतावादी धारालाई चरमोत्कर्षमा पु¥याएकाथिए ।
उपरोक्त कथनको पुष्टि विमोचितकाव्यसङ्ग्रह ‘रुसाल्का’मा समाविष्ट काव्यको अध्ययनबाट स्पष्ट हुनेछ । संक्षेपमाभन्ने हो भने नारीसमस्यामूलक ‘रुसाल्का’काव्यमानायकको सम्पन्नता र नायिकाको विपन्नतापारस्परिक नैसर्गिक प्रेममा समेत वाधकबन्न पुग्दछ । प्रतिभावान् संगीतकार मोजार्टप्रतिउसकै अनन्यमित्र साल्येरीको ईष्र्याभावमाआधारित लघुत्रासदी ‘मोजार्ट र साल्येरी’ चाहिं ‘खुट्टातान्ने प्रवृत्ति’ को पर्याय बनेको छ ।पुश्किनको ‘जिप्सी’ र रूसी भाषामा समेत मूलकाव्यकै छन्दमा अनूदित देवकोटाको ‘मुनामदन’काव्यलाई दाँज्ने हो भने पूर्वीय जीवनदर्शनकाउपज तर पश्चिमाभिमुख देवकोटामा तथा यूरोपीयजीवनदर्शनकाप्रतिनिधि तर पूर्वाभिमुखपुश्किनमाकतिपयमूलभूतअन्तरका वाबजूदपनिनिकै समानता ठम्याउन सकिन्छ । यी खण्डकाव्यहरूको रचनामादुवै कविले लोकाख्यानलाई आधार तुल्याएका छन् । देवकोटाले मध्यकालीन नेवारी गीतको कथानकलाई ‘मुनामदन’ खण्डकाव्यको रचनार्थ प्रयोग गरेका थिएभने पुश्किनले पनिभारतीयमूलकामानिने घुमन्ते जिप्सीजातिको माझमाप्रचलितकिम्बदन्तीलाई आफ्नो काव्यको आधारभूमितुल्याएकाथिए । त्यसैले रूसी भाषाबाट नेपालीभाषामा सोभैm अनुवादगरिएको पहिलो कृतिबन्नपुगेको ‘जिप्सी’काव्य (ई.सं. १९६८) ‘मुनामदन’ कै लोकछन्द लिएर नेपालीभाषामाउदायो ।
यीदुवै यथार्थवादी कृतिहरूको रचनाकालमा पूरै एक शताब्दीको अन्तर रहे तापनितिनको साहित्यिकभावधारा समान रहेको छ भन्नु अतिशयोक्तिमानिने छैन ।रूसीमहाकविकाअन्यअनूदित कविताहरूबाटपनि यस कथनको पुष्टि हुन्छ ।
नेपाली पाठकवृन्दमा रूसी महाकविपुश्किन अब अपरिचित छैनन् भन्न सकिन्छ । नेपालीमा यसै पंक्तिकारको अनुवादमाअलेक्सान्द्र पुश्किनकादुई गद्यकृति ‘दुब्रोभ्स्की’ लघुउपन्यास र ‘बेल्किनकाकथाकहानी’ (आख्यान) पनिप्रकाशितभएका छन् । रूसी महाकविका केहीकविताहरू मेरा आत्मीयबन्धु जङ्गबचौहानबाट नेपालीमा र मेरा सहपाठी कविदुर्गालालश्रेष्ठको अनुवादमा नेवारीमा समेत निसृत भएका छन् ।भविष्यमा रूसी महाकविकाअन्य अमर कृतिहरूले पनि नेपालकाविभिन्न राष्ट्रिय भाषाहरूमापुनर्जन्मपाउने छन् । काठमाडौंमा स्थापितपुश्किनको प्रतिमाले यसै भावनाको अभिव्यक्तिस्वरूपपुश्किनकै ‘स्मारक’ कविताबाट एक श्लोक पैंचो लिएर नेपालीहरूलाई सम्बोधनगर्दैयसो भनेभैंm लान्छ ः
नेपालभरि नै होलाचर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नामगुञ्जन ।।
थारू, किरात, नेवार, तामाङ्, गुरुङ्, मगर्, खश,
हिमाल्, पाहाड्, मधेस्वासी मेरो पैmलाउलान् यश ।।
रुसी महाकविअलेक्सान्द्र पुश्किन ३८ वर्षको जम्जमाउँदो उमेरमै ईष्र्यालु दान्तेससितको मल्लयुद्धमा घाइते भई यस लोकबाट बिदा भएता पनि उनले जुन रूसी आधुनिक साहित्यिकभाषाको सिर्जना गरेका थिए सो जीवित छ र सदासर्वदा जीवित रहनेछ । उनका साहित्यिक कृतिहरूमाउनको युगको प्रगतिशीलविचारधाराको प्रतिबिम्ब छर्लङ्गउत्रेको छ । महाकविअलेक्सान्द्र पुश्किनले आफ्नाअमर कृतिहरूमातत्कालीनरूसी समाजको यथार्थ चित्रण प्रस्तुत गरेका छन् ।
रूसी विज्ञान तथा संस्कृति केन्द्रमाउगश्किनको प्रतिमाअनावरण तथाकाव्यसङ्ग्रहको विमोचन समारोहको अवसरमा‘पुश्किनको मास्को’शीर्षकमा रूस–नेपाल सहयोग तथा मैत्री समाजकाउत्तरदायी सचिवबोरिस भेर्शिनिनकृत छविचित्रहरूको प्रदर्शनी र ‘हाम्रो सुन्दर एकता’शीर्षकमारूसी चित्रकारहरूको ग्राफिकचित्रकलाप्रदर्शनीको पनि समुद्घाटन सम्पन्नभयो ।
पुश्किनको काव्यसङ्ग्रहको डिजाइनकर्ता समन श्रेष्ठले सूचित गरेअनुसार रूसी महाकविको प्रतिमाअनावरण तथा पुस्तकविमोचनसमारोह निकै भव्यवातावरणमा सम्पन्नहुनुका साथै काठमाडौंस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रमारमाइलो शरदीयन्यानो साँझमानिकै बेरसम्मरूसी गीतहरूगुञ्जेका थिए ।
फोटो सौजन्य ः समन श्रेष्ठ