७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजाको सक्रियता बढ्यो

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ०२:४०

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार बाराको सीमरा जाने भएका छन् । पारिवारिक भ्रमणको लागि भन्दै शाह सीमरा जान लागेको बताइएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा गरेर राजावादीसँग भेटघाट र गोप्य छलफल गरेको भनिएका ज्ञानेन्द्र शाहले सीमरामा पनि त्यस्तै खालको भेटघाट गर्ने बताइएको छ । यस्तै उनी त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागि रहनेछन् ।
पूर्वराजा निकट स्रोतका अनुसार उनी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित बुद्ध एयरको विमानमार्फत अपरान्ह ४ बजे सीमरा प्रस्थान गर्नेछन् ।

करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने बुझिएको छ ।