११ बैशाख २०८१, मंगलवार
Follow Us

नेविसंघद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ०६:०६

काठमाडौं। अनशनरत डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै सरकारले बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र कांग्रेसका नेताको नाममा स्थापना भएका दुई वटा अस्पताल खारेज गरेको भन्दै कांग्रेसको भाृत संगठन आन्दोलनमा उत्रिएको छ।

आइतबार विहानै नेविसंले विभिन्न क्याम्पस अगाडि प्रदर्शन गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेको छ। नेविसंघले प्रधानमन्त्री केपी ओलीको पत्लासमेत दहन गरेको छ।नेविसंघले आइतबार विहान पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढेको भन्दै नेविसंघ आन्दोलित भएको हो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएको केही दिनपछि नै नेविसंघ सरकार विरुद्ध आन्दोलित भएको हो।