१५ चैत्र २०८०, बिहीबार
Follow Us

घाइते प्रजिअलाई काठमाण्डौं ल्याईयो

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ०६:११

जिप दुर्घटनामा गम्भिर घाईते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई लाई थप उपचारको लागी काठमाडौं ल्याईएको छ ।
बिरगञ्ज स्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय बिरगञ्जका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।
शनिवार साँझ बा। १ झ। १६६३ नम्बरको स्कार्पियो जिपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सड्क खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।