१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसद चल्न दिन मेयर विद्यासन्दुर शाक्यको माग

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ०७:४०

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गर्नु भएको छ ।

मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम काँग्रेसले गरिरहेको आरोप पनि लगाउनु भयो । जनताबाट निर्वाचित भएर आएकाहरुलाई कामै गर्न नदिएर काँग्रेसले सहिदहरुले देखाएको बाटोमा समेत अवराध खडा गरिरहेको उहाँको दावी छ ।

आईतबार सहिद सप्ताह कार्यक्रम अन्तरगत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नु भएको काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा बोल्दै उहाँले सहिदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमत अनुसार अघि बढाउन जनताआफै अग्रसर हुने बेला आएको पनि स्पष्ट पार्नु भयो । मेयर शाक्यले सहिदहरुले देखाएको बाटौबाटै अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।