१५ बैशाख २०८१, शनिबार
Follow Us

शीर्ष टोली बार्सिलोनालई पछ्याउँदै एट्लेटिको

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ०७:४२

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्ष टोली बार्सिलोनालई पछ्याउँदै गएको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० गोलले हरायो । जितसँगै एट्लेटिकोले बार्सिलोनासँगको दूरी दुई अंकमा झारेको छ ।
दोस्रो स्थानमा रहेको एट्लेटिकोले २१ खेलबाट ४४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक छ । बार्सिलोनाले आइतबार राति गिरोनासँग खेल्दैछ ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले २७औं र साउल निग्वेजले ३७औं मिनेटमा गोल गरेका थिए । टोलीका दुई खेलाडीले दोहोरो पहेंलो (रातो) कार्ड पाएपछि खेलको अन्तिममा गेटाफे नौ खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा लयमा देखिएको एट्लेटिकोले दोस्रो हाफमा खासै प्रभाव जमाउन सकेन । गेटाफेको पनि गोल फर्काउने प्रयास सफल भएन । एट्लेटिकोसँगको हारपछि ३१ अंक बनाएको गेटाफे छ्रैटौ स्थानमा छ ।