१२ बैशाख २०८१, बुधबार
Follow Us

कम्युनिष्ट नामको खोल च्यातियोः कट्टेल

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ११:२८

ऋषि कट्टेल नेतृत्वको नेकपाले चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै सरकार र संसद माफियाहरुको प्रतिनिधिभएको कुरा प्रष्ट भएको बताएका छन् ।
उनले यो घटनाले नेकपा नामको कम्युनिष्टकमो खोल पनि च्यातिएको बताएका छन् ।

उनको विज्ञप्ति जस्ताको तस्तै
(१) हालै नेपालको संसदले जस्ता विषयहरु र जुन प्रक्रिया अवलम्वन गरी चिकित्सा शिक्षा विधेयक पारित गरेको छ यो सरकार र संसद माफियाहरुको प्रतिनिधिभएको कुरा प्रष्ट भएको छ । यो घटनाले यसले ओडेको कम्युनिष्ट नामको खोल च्यतिएको छ । नेपाल कम्युनिष्ट पार्टी डा. केसी ले उठाएको जायज शैक्षिक मागहरुको पूर्ण समर्थन गर्दछ । शिक्षा क्षेत्रमा भईरहेको माफियाकरणको विरुद्ध हुने सडक संघर्षमा ऐक्यवद्धता जाहेर गर्दछ र पार्टीका सवै समितिहरु र जनवर्गीय संगठनहरुलाई संयुक्त आन्दोलन उठाउन आ—आफ्नो क्षेत्रवाट पहल र प्रयत्न गर्न निर्देश गर्दछ ।
(२) संयुक्त राष्ट्रसंघको व्यानरमा केही पश्चिमा देशहरुले नेपालको द्वन्द व्यबस्थापनवारे हसक्षेप गर्ने दुरायसका साथ जुन वक्तव्य जारी गरेको छ त्यो नेपालको आन्तरिक मामलामा ठाडै हस्तक्षेप हो । नेपाल कम्युनिष्ट पार्टी जुनसुकै वाहानामा नेपालको स्वधिनतामाथि हुने हस्तक्षेपको विरोध गर्दछ । साथै ६ महिनामा पुरा गरिनुपर्ने सक्रमणकालिन न्यायको कामलाई वर्षौ सम्म टाँगेर अनुचित ढंगले राजनीतिको रोटी सेक्ने र पीडितलाई न्याय नदिने सत्तासिनहरुको दुरासयको पनि विरोध गर्दछ ।
(३) भेनेजुयला को निर्वाचित वैध सरकारका राष्ट्रपति मदुरोको विरुद्ध अमेरिकाले स्वघोषित अवैध राष्ट्रपतिलाई मान्यता दिएर भेनेजुयाली जनतालाई लाई बिभाजित गर्ने,भेनेजुयलामा आन्तरिक युद्धभडकाउने र भेनेजुयलाको आन्तरिक मामलामा ठाडो हस्तक्षेप गर्ने धृष्टता गरेको छ । भेनेजुयलाको सत्ता पल्टाउने प्रयास अन्तराष्ट्रिय कानुनको सोझै उलङ्घन हो । नेपाल कम्युनिष्ट पार्टी भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दछ र मदुरो सरकारको समर्थन गर्दछ ।