६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रियसभा बैठक अवरुद्ध

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ११:३०

काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठकमा काँग्रेस सांसदहरु उठेर अवरोध गरेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।
आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेवल गर्ने कार्यसूची रहेको थियो ।
तर, बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरु उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सनाले बैठक सोमबारसम्मका लागि बैठक स्थगन गरेका थिए ।