१५ बैशाख २०८१, शनिबार
Follow Us

पेरिसमा लोकदोहोरी धमाका

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार ०७:००

पेरिस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाले स्थापना गरेको ‘परोपकारी संगीत कोष’ बिकासको लागि पेरिसमा ‘बडादशैं लोक दोहोरी धमाका २०१६’ को आयोजना हुने एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले जानकारी दिए ।
परोपकारी उदेश्यका साथ यो सांस्कृतिक कार्यक्रम लिएर नेपाल र युरोपका ख्याति प्राप्त कलाकारहरु पेरिसमा उपस्थित हुनेछन् । लोकदोहोरी धमाकामा कलाकारहरु पुरुषोत्तम न्यौपाने, सुमी घिमिरे, बिनिता लामिछाने, जेबी ओली लगायतका कलाकारहरु सहभागी हुने पूर्वअध्यक्ष अर्यालले जानकारी दिए ।

मिति: ९ अक्टोबर २०१६ आइतबार
स्थान: Restaurant Kamran 77-79 rue du Landy, 93300 Aubervilliers, France
समय: दिनको १ बजे बाट
आयोजक : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा र नेपाली एकता समाज, फ्रान्स
Direction :
RER B: La Plaine St de France and Take Bus 173,139,239 Station: Murger
Metro 7: La Courneuve and Take bus 173 Station: Murger
Metro 12: Front Popularie and Take bus 239,139 Station: Murger