२६ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार ११:३१

काठमाडौं– प्रधानम्न्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन, शीतलनिवासमा भण्डारी र ओलीबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् स्वीट्जरल्याण्डसंग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी गराएका थिए ।
अवसरमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थअधिकारीहरु समेतको उपस्थिति थियो ।