११ बैशाख २०८१, मंगलवार
Follow Us

एक सातादेखि बिरामी प्रचण्ड पत्नीलाई वार्डमा सारियो

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार १२:१७

काठमाण्डौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकी जीवनसंगिनी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनुभएको उहाँको स्वास्थ्यमा सुधार आएपछि आइतवार दिउँसो १ बजे आइसियुबाट जनरल वार्डमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा २४ घण्टा निगरानी पश्चात उहाँलाई डिस्चार्ज गर्न सकिने छ ।