१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टीमा अराजकता मौलायोः नारायणकाजी श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार १५:३९

तनहुँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गरेका छन् ।

तनहुँको दमौलीमा आज कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए ।
उनले पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताए ।
कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताए ।