१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वैवाहिक समारोह चलिरहेको होटेललाई पहिराेले पुर्दा १५ जनाको मृत्य

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार १७:२६

पेरू- करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले पुर्दा कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् ।

घटनामा कम्तीमा ३४ जना सख्त घाइते भएका बताइएको छ ।

“होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ ।