१५ बैशाख २०८१, शनिबार
Follow Us

हिमालयज् लायन्स क्लबद्धारा दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार २१:२८

नातिबाबु भट्ट ।कोलोराडो अमेरीका । कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबको आयोजनामा नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा शनिबारबारबाट सुरु भएको छ ।
लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा क्लवका अध्यक्ष बिकल पराजुली र शिक्षीका यसोदा भट्टबाट संयूक्तरुपमा दिप प्रज्वलन गरि विद्याकी देवी सरस्वतीको मुर्तीमा पुजा गर्दै कक्षा शुरुआत गरिएको हो ।
नेपाली राष्ट्रियगान गाउंदै अगाडी बढाईएको भाषा शिक्षा कक्षामाको पहिलो दिन ४ छात्रा सहित ११ जना बाल बलिकाको उपस्थिती रहेको थियो । प्रत्येक शनिबार ९.३० बाट १०.३० बजे सम्म संचालन हुने कक्षा, बाल बलिका तथा अभिभावकबाट समय बढाउने सुझाव आएमा बिचारगर्न सकिने लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।
भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने, अवलोकन भ्रमण गराउने जस्ता बिभिन्न माध्यमबाट भाषा सिकाउने योजना रहेको लायन्स ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठले बताएका छन् ।
प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहा“ जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष बिकल पराजुलीले बताएका छन् । लङमन्टमा भाषाकक्षा शुरुहुने खवर पाएपछि कोलोराडोको अन्य शहरबाटपनि नेपाली भाषाकक्षा संचालन गरिदिन आग्रह भएकोले स्थानीयहरु संघ संस्थाहरुको सम्मन्वयमा यसको अध्यान गरिने उनले बताएका छन् ।