१२ बैशाख २०८१, बुधबार
Follow Us

हुम्लामा हिमपातपछि हवाई सेवा अवरुद्ध

sarusaru
१४ माघ २०७५, सोमबार ०२:५२

हुम्ला : हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार्यलाई निरन्तरता दिइएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदगायतले हिउँ पन्छाउन थालेका छन् । हवाईसेवा बन्द हुँदा जिल्लामा दैनिक उभोग्य सामानको अभाव भएको छ ।
रासस