१२ बैशाख २०८१, बुधबार
Follow Us

डाक्टरहरु गोविन्द केसीको समर्थनमा, टिचिङमा रिले अनसन

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार ०२:४५

काठमाडौं– डा गोविन्द केसीको अनसनमा ऐक्वबद्धता जनाउँदै डाक्टरहरु त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बस्ने भएका छन् । सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म डाक्टरहरु रिले अनसनमा बस्न लागेको नेपाल चिकित्सक संघले जनाएको छ ।

संघका अनुसार सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गरेर केसीसँग विगतमा भएको सम्झौताको उलंघन भएको छ । संघले केसीको माग तत्काल सम्बोधन गर्दै उनको जीवन रक्षाको माग गरेको छ ।

सरकार केसीको माग पूरा गराउन तयार नभए आगामी दिनमा अस्पताल बन्द गर्ने सम्मका संघर्षका कार्यक्रम गर्न बाध्य हुने संघले चेतावनी दिएको छ ।