१३ बैशाख २०८१, बिहीबार
Follow Us

चीनद्वारा कोटेश्वर–कलंकी सडकखण्ड आज नेपाललाई हस्तान्तरण

sarusaru
१४ माघ २०७५, सोमबार ०७:४२

काठमाडौं । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक निर्माण भएको आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ सडक खण्ड चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।

सोमबार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यांकीले प्रधानमन्त्री केपी ओलीलाई उक्त सडक खण्ड हस्तान्तरण गरेकी हुन्।

सातदोबाटोस्थित राष्ट्रिय प्रकृति प्रतिष्ठान नास्टमा आयोजित कार्यक्रममा चीनले नेपाल सरकारलाई उक्त सडक खण्ड हस्तान्तरण गरेको हो।

चिनियाँ सरकारको सहयोगमा निर्माण गरिएको यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले लिएको थियो।

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन्। अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन्। यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका थिए।
डिसी नेपाल