१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि विराटनगरमा तनाव

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार ०७:४३

मोरङ– टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको ज्यान गएपछि विराटनगर क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार बिहान विराटनचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।
बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
ठक्क्रपछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
११ बजेबाट जारी निषेधाज्ञा अर्को आदेश नभएसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । उक्त क्षेत्रमा स्थानीय प्रशासनले व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रजिअ केसीका अनुसार बिराटचौकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको छ