१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए स्कटल्याण्डद्वारा विभिन्न निर्णय

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार १४:३२

स्कटल्याण्ड। गैर आवासिय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद्को बैठकले एनआरएनएको स्कटल्याण्डमा संगठन विस्तार र भावी कार्ययोजनाको लागि विभिन्न निर्णय गरेको छ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले उक्त बैठकमा एनआरएनएको स्कटल्याण्डमा संगठन बिस्तारको लागि विभिन्न कार्यहरु गर्ने र भिजिट नेपाल २०२० को लागि स्कटल्याण्डमा कार्यहरु गर्ने बिषयमा छलफल गरिएको बताउनु भयो।

बैठकले स्कटल्याण्ड राज्य परिषदको नियमित कार्य सञ्चालन गर्नका लागि अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा स्कटल्याण्ड राज्यपरिषद कार्यविधी निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।यस्तै गरी स्कटल्याण्डका नेपाली समुदायबीच खेलकुदको विकास गर्ने अभिप्रायले समितिका सदस्य उज्ज्वल कार्कीको संयोजकत्वमा खेलकुद समिति र कलासंस्कृति को विकास एबम् जगेर्ना गर्नेको लागि परिषदका सचिव कृष्ण दाहालको संयोजकत्वमा कला संस्कृति समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी स्कटल्याण्ड राज्य समन्वय परिषदलाई आवश्यक सल्लाह र प्रभावकारी रूपमा कार्य अघि बढाउन विज्ञ एबम् समाजसेवी हरु लाई समेटेर सल्लाहकार समिति प्रस्ताव गरिएको छ।

सल्लाहकार समितिमा डा.राम कुमार अधिकारी, प्रकाश अर्याल, माधव भण्डारी ,डा. भास्कर अधिकारी, टक थापा, डा.केशव भट्टराई र अनल गौतमलाई प्रस्ताव गरिएको छ।

उक्त बैठकमा अघिल्लो सपथग्रहण कार्यक्रम मा विशेष कामले गर्दा अनुपस्थित हुनु भएकी सदस्य लक्ष्मी सापकोटा भट्टराईलाई अध्यक्ष मोहन कार्कीद्वारा पद तथा गोपनीयताको सपथ गराइएको थियो। उक्त बैठक एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।