७ बैशाख २०८१, शुक्रबार
Follow Us

गुण्डा नाइके भनेर चिनिने दीपक मनाङेले पनि लिए शपथ

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार १४:४३

पोखरा– गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए ।
मनाङ गुण्डा नाइकेको रुपमा परिचित छन् । यसअघि संघीय संसदका सांसद रेशम चौधरीले सपथ लिएका थिए ।