७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन पूर्वप्रवक्ता डा. भुर्तेललाई मातृशोक

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार १६:०२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व प्रवक्ता डा. जुगल भुर्तेललाई मातृशोक परेको छ । भुर्तेल परिवारकी जेष्ठ सदस्य स्व राम प्रसाद भुर्तेलकी श्रीमती ९० वर्षीया रुद्रकुमारी भुर्तेलको सोमबार निधन भएको हो ।

भूर्तेलका ५ भाइ छोरा र २ छोरी रहेका छन् । सोमबार दिउँसो निधन भएकी भुर्तेलको साँझ साढे ६ बने विद्युतीय शवदाह गृह पशुपतिमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।