१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एटिएम तोडफोड गर्ने दुईजना पक्राउ

sarusaru
१५ माघ २०७५, मंगलवार ०३:०३

राँझा ।बाँकेको कोहलपुरस्थित सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ एनटीभीरोडमा रहेको सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा गएराति जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २९ वर्षीय कृष्णबहादुर खत्री र सोही नगरपालिकाको वडा नं १३ बस्ने २४ वर्षीय अनिल विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

गत शनिबार बैंकको एटीएम मेशिन तोडफोड गरेर फरार रहेकामा विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका–११ बसपार्कबाट आइतबार राति नियन्त्रणमा लिएको हो । अभियुक्तका साथबाट हथौडा, चक्कुसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।
डिसी नेपाल