१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतले अमेरिकालाई टेरेन

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार ०५:१७

जनवरी २३ को दिन भेनेजुएलाको संसदका सभामुख हुआँ गुएडोँले आफूलाई एक -याली अघि नयाँ राष्ट्रपतिको रुपमा घोषणा गरे । अमेरिकाले तत्कालै उनको राष्ट्रपतिको दावीलाई समर्थन ग¥यो र विश्वका अन्य देशलाई आफ्नो कदम पछ्याउन आह्वान गर्यो ।
यस आह्वानलाई चीन, रुस, क्युवा, टर्की, इरान, सिरिया लगायतले तत्कालै अस्वीकार गरे ।
भारतले पनि अमेरिकाको आह्वानलाई अवज्ञा गरेको छ । भारतीय अनलाईन पोर्टल ‘द वायर’का अनुसार भारतले भेनेजुएलामा छाएको राजनीतिक संकट ‘भेनेजुएलाका नागरिक’ द्वारा ‘रचनात्मक सम्बाद’ मार्फत समाधान हुनुपर्ने बताएको छ ।