७ बैशाख २०८१, शुक्रबार
Follow Us

चिकित्सकहरु आज पनि रिले अनसनमा

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार ०५:१८

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले अस्पताल हाताभित्र अनसन नबस्न गरेको आग्रहको वेवास्ता गर्दै चिकित्सकहरु आज पनि रिले अनसनमा बसेका छन् ।
नेपाल चिकित्सक संघको अगुवाइमा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु मंगलबार पनि अनसनमा बसेका हुन् । सोमबार अनसन
अस्पतालले सोमबार अस्पताल हाताभित्र अनसन र हड्ताल गर्दा विरामीहरु सेवा लिनबाट बञ्चित हुने भन्दै अनशन हड्ताललगायतका अवाञ्छनीय गतिविधि नगर्न अपिल गरेको थियो ।
त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. गोविन्द केसीको समर्थनमा अनसनमा रहेका चिकित्सकहरुलाई आफुले प्रदान गर्नुपर्ने सेवा अवरुद्ध नगर्न आग्रह गरेको थियो । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकहरुको विरोध कार्यक्रमले विरामीले पाउनुपर्ने अनिवार्य र आधारभुत सेवामा असर पर्ने भन्दै सचेत गराएको थियो ।
सोमबार पनि अनसन बसेका चिकित्सकहरुले अस्पताल परिसरमा राखेको व्यानर र पाल हटाएको थियो ।