६ बैशाख २०८१, बिहीबार
Follow Us

२८ सय ७ जना सहिद घोषणा !

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार ०५:५८

काठमाडौं–सरकारले द्वन्द्वको क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।
सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८०७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् ।