८ बैशाख २०८१, शनिबार
Follow Us

पारस अझैं सिकिस्त

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार ०७:२०

काठमाडौं– सोमबार नर्भिक अस्पतालमा भर्ना भएका पूर्व यूवराज पारस शाह अझैं पनि खतरामुक्त नभइसकेको अस्पतालले जनाएको छ।

छातीमा असह्य पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपरान्ह नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो ।
थोरै समय नर्भिकको आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियो ग्रामग र्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो ।
उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलता पूर्वक सम्पन्न भई उनलाई सी.सी.यु.मा सारिएको छ ।
अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनको उपचारमाप्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वलश्रेष्ठको टोली संलग्न रहेका छन् ।

तेस्रो पटक हृदयघात भएका पारस केहीदिन हस्पिटलमै रहने छन् ।