६ बैशाख २०८१, बिहीबार
Follow Us

कमल थापासँग भाँडिए पनि राणा र लोहनीको एकीकरण

sarusaru
१५ माघ २०७५, मंगलवार १०:०५

काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण गर्ने समझदारी भएको छ । यसअघि राप्रपा प्रजातान्त्रिक र कमल थापाको राप्रपाबीचको एकता भाँडिएको थियो ।

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले दुई पार्टीबीच माघ १८ गते १ बजे राष्ट्रिय सभा गृहमा एकीकरण घोषणा कार्यक्रम राख्न लागिएको बताए ।
यस्तै एकीकृत राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता जनकराज पाठकले लोहनी र राणा दुबै अध्यक्ष रहने गरी एकीकरण गर्ने समझदारी भएको जानकारी दिए ।
उनका अनुसार हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दाका विषयमा ठोस धारणा बनाउन एकीकरणको एक महिनाभित्र अन्तरिम विधान तयार गरिनेछ ।
यस्तै हाललाई पदाधिकारी र केन्द्रीय सदस्य दुबै पार्टीको कायम रहनेछन्।