१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वयुवराज पारसको मुटु कमजोर

sarusaru
१५ माघ २०७५, मंगलवार १२:०३

काठमाडौँ । पूर्वयुवराज पारस शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका छत् ।
बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ । हाल शाहलाई सीसीयूमा सारिएको चिकित्सकहरुले बताएका छन् । पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको प्रा.डा. यादव देव भट्टले बताए ।
पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।
यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा एक्कासी छाती दुखेको थियो भने तत्कालै नर्भिक अस्पताल पुगेका थिए ।
अहिले पारसको उपचारमा प्रा.डा. यादवदेव भट्टको नेतृत्वमा डा. जेपि अग्रवाल,डा. नग्मा श्रेष्ठ लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले बताए ।