१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि अब संचयकोष

sarusaru
१५ माघ २०७५, मंगलवार १२:०६

काठमाडौं– सरकारले आगामी साउन १ गतेबाट बैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि संचयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभगि गराउने भएको छ ।
उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मङ्गलबार मन्त्री गोकर्ण विष्टलाई बुझाइएको छ ।
प्रतिवेदनमा बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि संचय कोष तथा सामाजिक सुरक्षा योजनाको खाका, योजना कार्यान्वयन गर्ने संयन्त्र, जिम्मेवारी र समयसीमा निर्धारण तथा नियामावली समेटिएको छ ।