६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार १५:५९

काठमाडौँ–सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गरेका छन् ।

सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीले गरेको शिष्टाचार भेटवार्तामा सभामुख महराले सो आग्रह गरेका हुन् ।
भेटमा उनले नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरे ।

भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताए ।