१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउमा नयाँ रेकर्ड

sarusaru
१६ माघ २०७५, बुधबार ०५:५८

काठमाण्डौ – बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । मंगलबार सुन ६१ हजार ५ सय रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।