१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आचरण विपरित काम गर्ने दुई न्यायाधीश निलम्बनमा परे

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार १६:०१

काठमाडौं– आचरण विपरित काम गरेको आरोपमा तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय निलम्बनमा परेका छन्  ।

न्यायपरिषदले बुधबार छानबिन समिति गठन गरेलगत्तै उनीहरु स्वत निलम्बनमा परेका हुन् ।

प्रधानन्यायाधीश राणाको सक्रियतामा अनुगमनका क्रममा आत्रेयले भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा मिलेमतो गरेको पाइएको थियो ।

यस्तै न्यायीक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा झिकाइएको थियो ।

उपाध्यायलाई विगतमा पनि परिषदमा झिकाएर सचेत गराइएपनि उनले आफ्नो आचारण सुधार नगरेको र पटकपटक परिषदमा गम्भीर उजुरी परेपछि उनी कारवाहीमा परेको परिषद् स्रोतले जनाएको छ ।