६ बैशाख २०८१, बिहीबार
Follow Us

विवादास्पद राजदूत शेर्पा नेपाल फर्किइन्

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार १७:००

काठमाडौं– पदिय आचरणविपरितको गतिविधि गरेको आरोपमा विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सुटुक्क स्वदेश फर्किएकी छिन् ।

उनी चाइना साउदर्नको फ्लाइटबाट स–परिवार स्वदेश फर्केकी हुन् ।
दुई साताअघि क्यानबेरा पुगेकी शेर्पा असो क्रममा आफ्ना पारिवारिक व्यवस्थापनमा जुटेकी थिइन्।
सरकारले उनलाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको थियो। सोहीबमोजिम उनी बुधबार नेपाल फर्किएकी हुन् ।

उनले काठमाडौं पुगेर परराष्ट्र मन्त्रीसमक्ष राजीनामा पत्र बुझाउने बताइएको छ । यसअघि सरकारले उनलाई निलम्बन भन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएको थियो । शेर्पा मानव तस्करीकाण्डमा मुछिएपछि छानबिनमा परेकी थिइन् ।