१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मंगलबार घरबाट निस्केकी एक महिला मृत अवस्थामा फेला

sarusaru
१७ माघ २०७५, बिहीबार ०२:०२

पश्चिम रुकुम । पश्चिम रुकुममा गाउँ घुम्न हिँडेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

मंगलबार गाउँ घुम्न निस्किएकी पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ३ की ४८ वर्षीया सुनिता बुढा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।

सुनिताले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्दै हिँड्ने गरेको र सोही कारण उनको ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

हाल सुनिताको शव जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा ल्याएर पोष्टमार्टम गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल