८ बैशाख २०८१, शनिबार
Follow Us

राणा र लोहनी नेतृत्वबीच एकीकरण हुने

sarusaru
१७ माघ २०७५, बिहीबार ०७:३६

काठमाण्डौ – पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रबादीबीच शुक्रबार एकता घोषणा हुने भएको छ । एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी उदारवादी’ राख्ने नेताहरुवीच सहमति भएको छ । त्यस्तै एकीकृत पार्टीको बैचारिक गन्तव्य हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र बनाउन दुवै पार्टी सहमत भएको राप्रापा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले बताए ।