१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बहुचर्चित ७१ अर्बको मुद्दा सर्वोच्चको हेर्दाहेर्दैमा


१७ माघ २०७५, बिहीबार ०९:४७

काठमाडौं – बिहुचर्चित एनसेल कर छली प्रकरणमा सुनुवाइका लागि बोलाइएको सर्वोच्च अदालतले वृहत् पूर्ण इजलास सरेको छ ।
उक्त समयअभावको कारण देखाउँदै हेर्दाहेर्दैमा राखेर माघ २० गतेको लागि सारिएको हो ।

एनसेल बिक्रीवापत सरकारलाई तिर्नुपर्ने लाभकर सहित करीब ७१ अर्ब रुपैयाँ नतिरेको बारे सुनुवाइका बृहत पूर्ण इजलास बोलाइएको थियो ।
उक्त मुद्दाको सुनुवाईका लागि सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको थियो ।
पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्रभप्रसाद श्रेष्ठ, आनन्द माहेन भट्टराई र टंकबहादुर मोक्तान रहेका छन् ।