१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित


१७ माघ २०७५, बिहीबार १०:०२

काठमाडौं– प्रतिपक्षका सांसदहरुको विरोधकाबीच बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक पारित गरेको हो । बिहीबारको बैठकमा काँग्रेसका सांसदहरुको बैठकभर उभिएर विरोध जनाएका थिए ।
यसअघि माघ ११ गते प्रतिनिधि सभा बैठकले उक्त विधेयक बहुमतले पारित गरेको थियो । संसदका दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि लागू हुनेछ ।
चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थिए । दुबै संशोधन प्रस्तावलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए ।
विधेयक पारित भएपछि गोविन्द केसी भने अनसन मै छन् ।