१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अनसन तोडेर नयाँ लडाईँ लड्न काँग्रेसको गोविन्द केसीलाई अफर


१७ माघ २०७५, बिहीबार १२:३७

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीलाई भेटेका छन् । बिहीबार वित्रि शिक्षण अस्पतालस्थित अनसनस्थलमा भेट्न पुगेका देउवाले केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । यद्यपी केसीले त्यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर हुँदा सफल हुन नसकिएको बताए ।

देउवाको भनाइ उद्धृत गर्दै भेटमा सँगै रहेका काँग्रेस नेता गगन थापाले अनशन तोडेर नयाँ खालको लडाइँमा होमिन सभापतिले केसीलाई आग्रह गरेको जानकारी दिए ।

सो क्रममा देउवाले केसीले अनसन तोड्नुपर्ने र मिलेर उनकै नेतृत्वमा नयाँ लडाई लडौं भनेर अफर गरेका छन् ।
यद्यपी देउवाको आग्रहमा केसीले कुनै प्रतिक्रिया नजनाएको थापाको भनाई छ ।
केसी विगत २३ दिनदेखि १६ औं अनशनमा छन् । उनी विगतमा भएको समझदारी अनुसार चिकित्सा शिक्षा विधेयक पारित गराउन माग गर्दै अनसन बसेका हुन् ।
उनको माग विपरितै विधेयक भने संघीय संसदको दुबै सदनबाट पारित भइसकेको छ।