६ बैशाख २०८१, बिहीबार
Follow Us

ग्लोबल आईएमईसँग रिलायबल गाभियो

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार १४:४६

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रियस्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका छन् ।
दुवै बैंकवीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारवाही ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । राष्ट्रियस्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी आठ अर्व रुपैयाँभन्दा बढी हुनेछ भने कुल निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र शाखा कार्यालय एक सय ११ वटा पुग्नेछन् ।
एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजीँ आठ अर्ब पुग्ने यो बैक दोस्रो हुनेछ । आठ अर्ब पुँजी पु¥याउने निजीस्तरको पहिलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।