८ बैशाख २०८१, शनिबार
Follow Us

टी–२० सिरिज : डेब्युमै सन्दीप जोराले बनाए किर्तिमान

नेपालब्रिटेन डट कम्
१७ माघ २०७५, बिहीबार १५:१७

काठमाडौं–यूएईविरुद्ध अन्तर्राष्ट्रिय तीन खेलको टी–२० सिरिज गन्तर्गत पहिलो खेलमा नेपाल नेपाल २१ रनले पराजित भएपनि नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले नयाँ किर्तिमान बनाएका छन् । जोरा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

नेपालका लागि टी–२० मा डेब्यु गरेका जोराले अवजित ५३ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार १७ वर्ष र एक सय ३ दिनका जोरा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । जोरा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने समग्रमा नवौं कान्छा खेलाडी पनि हुन् ।

यसअघि ओडीआई श्रृंखलामा अर्का युवा ब्याट्सम्यान रोहित पौडेल ओडीआईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । रोहितले पाकिस्तानका शहिद अफ्रिदी र भारतका सचिन तेन्दुल्करको रेकर्ड तोडेका थिए । पहिलो टी–२० गुमाएको नेपालले शुक्रबार दोस्रो खेल खेल्नेछ ।