१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौंमा रहेको चकलेट उद्योगमा भीषण आगलागी

नेपालब्रिटेन डट कम्
१७ माघ २०७५, बिहीबार १६:२६

काठमाडौंँ– काठमाडौँको एक चकलेट उद्योगमा आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ ।

काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा उद्योगका कच्चापदार्थ र तयारी सामग्री जलेर नष्ट भएको हो ।
चकलेट पकाउने क्रममा डिजेल पोखिएर आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।