१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अनसन नतोड्ने अडान

sarusaru
१८ माघ २०७५, शुक्रबार ०२:०२

काठमाडौं । आफू सँग गरिएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक ल्याइएको भन्दै आमरण अनसनरत डा गोविन्द केसीले अनसन नतोड्ने अडान लिएका छन् ।

उनको अनसनमाथि समर्थन गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आजै उनलाई आन्दोलनको तरिका फेर्न आग्रह गरेका थिए । तर,डा केसीले अनसन नतोड्ने अडान व्यक्त गरेको उनका सहयोगी जिवन क्षेत्रीले बताएका छन् ।

डा केसी अनशन बसेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उजलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गरेका थिए। डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुगेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले विरोध गरे पनि बिहीवार राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछि आमरण अनशनरत डा। गोविन्द केसीको माग सम्बोधन गर्ने संसदीय बाटो हाललाई बन्द भएको छ।

उक्त विधेयक प्रतिनिधिसभाबाट पनि कांग्रेसको विरोधका बीच पारित भएको थियो। आफूसँग गरिएका सम्झौताहरू विधेयकले नसमेटेको भन्दै डा। केसी २३ दिनदेखि आमरण अनशनमा छन्। अब उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणित भएपछि लागु हुनेछ।

विधेयक पारित हुँदैगर्दा कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए।बिहीवार नै बसेको प्रतिनिधिसभाको बैठक कांग्रेस सांसदहरूले केसीको जीवनरक्षाको माग गर्दै विरोध जनाएपछि अवरुद्ध भएको थियो।

विभिन्न पेसागत सङ्गठनहरूले बिहीवार राजधानी काठमाण्डूमा प्रदर्शन गर्दै केसीको माग सम्बोधन गर्न र उनको जीवनरक्षा गर्न माग गरेका छन्।
डिसी नेपाल