११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रकाण्डका छोरा नरेन्द्र गोलि सहित पक्राउ

sarusaru
१८ माघ २०७५, शुक्रबार ०२:०६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मालाई गिरफ्तार गरिएको छ । विराटनगरबाट उनलाई बिहीबार साँझ गोलीसहित गिरफ्तार गरिएको प्रहरी स्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले कालिकोट घर भएका नरेन्द्रको साथबाट नाइन एम एम पेस्तोलमा लोड हुने तीन थान गोलीपनि बरामद भएको बताएको छ। डिएसपी धनश्याम श्रेष्ठले यो कुराको पुष्टि गरेपनि थप खुलाएका छैनन्।

नरेन्द्र बेलुकाको यति एयरलाइन्सको उडानबाट विराटनगर बाट काठमाडौं आउँने क्रममा विराटनगर विमानस्थलबाट गिरफ्तारमा परेका हुन् । प्रहरीले तत्काल यो बिषय गोप्य राखेर अनुसन्धान गरेर सबै तथ्य सार्वजनिक गर्ने बुझिएको छ।

विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि नरेन्द्रलाई नियन्त्रणमा लिइएको बताइएको छ । तर, घटनाबारे विस्तृत खुलाइएको छैन्।

पक्राउ परेका नरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको बताइएको छ। उनी सँग गोलि थियो या उनलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरियो भन्ने बारे केहि खुलेको छैन्।
डिसी नेपाल