१५ चैत्र २०८०, बिहीबार
Follow Us

पश्चिमी बायुको प्रभावले अझै दुई दिन चिसो वढ्ने

sarusaru
१८ माघ २०७५, शुक्रबार ०२:४५

युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बवताए । अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उनले जानकारी दिए ।
ढोरपाटन दैनिक