४ बैशाख २०८१, मंगलवार
Follow Us

काठमाडौं परिसरका एसएसपी विवादमा तानिए

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार ०३:१५

काठमाडौं– दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रम्ख एसएसपी बसन्त लामाले आदेश नदिँदा अभियुक्तहरु खुलेआम रुपमा बजारमा हिँडिरहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीमा पुगेको भएपनि प्रहरीले झुलाउन र अभियुक्तसँगै साँठगाउँठ गरी मुद्दा दर्ता नगरेको पाइएको समाचारमा उल्लेख छ ।
प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउ पुर्जी जारी गरेको भएपनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन् ।