१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेबिसंघको सिंहदरबारमा प्रदर्शन

sarusaru
१८ माघ २०७५, शुक्रबार १०:५४

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघले बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाएको हो । केन्द्रिय सदस्य सुशील भट्टको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, जानुका पन्त ,सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ ,बिजय ढुङ्गाना, सुदिप अधिकारी, लगायत सहभागी थिए ।

निशेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत पाएन ।