१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हृदयघात भएका पारस डिस्चार्ज, ‘रिसिभ’ गर्न पुगिन् प्रेरणा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १२:३३

काठमाडौँ– पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएका उनको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार डिस्चार्ज गरेको हो । डिस्चार्ज पछि उनी निर्मल निवास फर्किएका छन् ।

आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुगेका थिए । उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।

उनी अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उनलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ ।