८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपाका सांसदलाई बालुवाटार बोलाएर के–के भने केपी ओलीले ?

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १२:३८

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताएका छन् ।

नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिए ।
‘पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ । त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् ’ सो क्रममा ओलीले भने ।

तत्कालीन नेकपा एमालेले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणहुन सकेको छैन ।