१२ बैशाख २०८१, बुधबार
Follow Us

दुई राप्रपा एक भएकै दिन बोहराको बिद्रोह !

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १२:४५

काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीच एकीकरण भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच यी दुई पार्टीबीच एकीकरण भएको हो ।
यी दुई पार्टीबीच एकता हुँदै गर्दा राप्रपा राष्ट्वादीका प्रभावशाली नेता दीपक बोहरा, केशरबहादुर विष्ट लगायतले भने विरोध गर्दै एकता प्रक्रिया बहिस्कार गरेका छन् ।
हेर्नुहोस् बोहराको विज्ञप्ति

बोहरा समूहको बहिस्कारका बीच गरिएको एकीकृत पार्टीको नाम राप्रपा संयुक्त प्रस्ताव गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्दा बनाउने बताएका छन् ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एकीकृत नयाँ पार्टीमा दुई अध्यक्ष हुने सहमति भएकाे बताइएको छ ।